Rule 3
अन्वेषण पूँजिगत खर्च

(१) पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियम फेला परेको सूचना दिनु अघि पेट्रोलियम कार्यमा गरिएको सबै खर्च अन्वेषण पूँजिगत खर्च
मानिनेछ ।
(२) करार क्षेत्रको कुनै भागमा पेट्रोलियम फेला परेको सूचना दिई सकेपछि गरिएको अन्वेषण पूँजिगत खर्च त्यसरी फेला परेको पेट्रोलियम व्यापारिक महत्वको ठहरिन नआएमा मात्र अन्वेषण पूँजिगत खर्चमा समावेश गरिनेछ ।